जिल्लाको बारेमा
स्वागत छ जिल्ला शिक्षा कार्यालय ललितपुरमा !
मूलूकको शैक्षिक क्षेत्र द्रत गतिमा विकसित एवम विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालय तथा शिक्षा विभाग मार्फत निर्देशित निति योजना र कार्यक्रमहरुलाइ देशव्यापी रुपमा प्रत्यक्ष र प्रभावकारी रुपमा कार्यान्वयन र अनुगमन गर्ने निकायको रुपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो ।जिल्ला शिक्षा कार्यालय ललितपुरमा कानून वा कानून सरहका योजना दस्तावेज निर्देशिका तथा निर्देशनद्धारा तोकिएका कार्यविवरण अनुसार कार्यसम्पादन गरी सेवा प्रवाह गर्न शिक्षा सेवा रा. प. द्धितिय श्रेणीका अधिकृत प्रमुख १ जना, सहायक जिल्ला शिक्षा अधिकारी ६ जना, शाखा अधिकृत २ जना, विद्यालय निरीक्षक ७ जना, लेखा अधिकृत १जना, इन्जिनियर १ जना, नायव सुव्वा।प्राविधिक सहायक ६ जना, लेखापाल २ जना, अभरसियर ४ जना, खरिदार १ जना, हसचा।कास ४ जना कर्मचारी दरवन्दि रहेको छ । साथै स्रोतकेन्द्र अन्तर्गतका विदयालयहरुको सुपरिवेक्षण र शिक्षणसिकाइ सुधारका लागि शिक्षक तथा विद्यालयलाइ प्राविधिक सहयोग पुरयाउन जम्मा १५ स्रोतव्यक्तिको व्यवस्था गरिएको छ।
परिपत्र तथा सूचना
- सम्पूर्ण सामुदायिक विद्यालयहरूलाइ निर्देशन कार्यान्वयन गर्ने वारे।
- संस्थागत विद्यालयकाे शुल्क सम्वन्धि सुचना ।
- SEE परीक्षा केन्द्र २०७३ .
- फाल्गुण महिनाकाे विद्यालयगत निकासा
- फाल्गुण महिनाकाे विद्रयालयगत निकासा विवरण
- फाल्गुण ६ गते टीका विद्याश्रम माविमा सम्पन्न जिल्ला बैठकका निणर्यहरू
- सूचना
- द्वन्दपिडित छात्रबृत्ति सम्बन्धमा थप हेर्नुहोस
