मूलूकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय एवम् शिक्षा तथा मानवस्रोत विकास केन्द्र मार्फत निर्देशित निति योजना र कार्यक्रमहरुलाई देशव्यापीरुपमा प्रत्यक्ष र प्रभावकारी तवरले शिक्षाको विकास एवम समन्वय गर्न जिल्ला स्थित संघीय सरकारको निकायको रुपमा शिक्षा विकास तथा समन्वय इकाइको स्थापना भएको हो । शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरमा कानून वा कानून सरहका योजना दस्तावेज निर्देशिका तथा निर्देशनद्धारा तोकिएका कार्यविवरण अनुसार कार्यसम्पादन गरी सेवा प्रवाह गर्न शिक्षा सेवा रा. प. द्धितिय श्रेणीका अधिकृत प्रमुख १ जना, , शाखा अधिकृत २ जना, प्राविधिक सहायक २ जना र हसच ∕ कास ३ जना गरी जम्मा ८ कर्मचारी दरवन्दि रहेको छ ।
थप हेर्नुहोस